मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो दिनः फोटोमा हेर्नुहोस्
2022/03/06, 7:39
 
dd

ए डिभिजन क्लब फ्रेन्ड्स सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आईतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।

3

3

4

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे । खेलको ५३ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६२ औं मिनेटमा जमोउलले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई २–० को जित दिलाए । एभेनिरका खेलाडीले लडाएपछि फेन्ड्सले पेनाल्टी पाएको थियो । खेलमा दुई गोल गरेका फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईस म्यान अफ द म्याच भए । उनले नगद १० हजार पाए । 

3

3

अब फ्रेन्ड्सले सेमिफाईनलमा मछिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ । सोमबार हुने खेलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेता सेमिफाईनल प्रवेश गर्ने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका सचिव तथा प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए । 

3

3

खेलपछि प्रतिक्रिया दिदैं फेन्ड्स क्लबका प्रशिक्षक मिगेन्द्र मिश्रले फिटनेस र टीम वर्कका कारण गोल निकाल्न सक्दा खेल जितेको बताए । ‘हामीलाई विपक्षी टीम कस्तो छ भन्ने कुरा नै थाहा थिएन । पहिलो हाफमा उनीहरुको बारेमा जानकारी पायौं । पहिलो हाफमा हामीले पनि तीन चार वटा मौका पाएर पनि गोल गर्न सकेनौं । दोस्रो हाफमा जसरी पनि गोल गर्ने गरी खेल्दा दुई वटा स्कोर भयो । हामीले खेल जित्यौं ।’ प्रशिक्षक मिश्रले भने–‘विपक्षी टीममा पनि केही खेलाडीहरु राम्रा थिए । तर उनीहरुमा फिटनेसको समस्या रहेको छ । पेनाल्टी र टाईब्रेकरमा के हुन्छ भन्ने सोचेर हाम्रो कम्बिनेसले काम भयो ।’ 

3

3

खेलपछि प्रतिक्रिया दिदै एभेनिर फुटबल क्लबका प्रशिक्षक आशिक थापा मगरले लामो यात्रापछि खेल खेल्दा र सबै खेलाडीहरु नपुगेका कारण खेल गुमाएको बताए । ‘खेलाडीहरु लामो यात्रा गरेर आएका कारण खेल्न धेरै गाहे भयो । हिजो मात्रै यहाँ पुगेको हो । हामीले पेनाल्टीसम्म पुराउने लक्ष्य थियो । तर नतिजा हाम्रो पक्षमा भएन । खेल त सोचेभन्दा राम्रो भयो ।’ प्रशिक्षक मगरले भने–‘आधा खेलाडी टर्कीमै रोखिए । बाँकी खेलाडी यतैबाट म्यानेज गरेउ । उनीहरु आउन सकेको भए । हामी खेल जित्नेछौं ।’

2

3

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

3

3

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।