मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप: आज सुदूरपश्चिम-११ र हिमालयन भिड्दै
2022/03/07, 10:56
 
dd

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज सोमबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम-११ बीच प्रतिस्पर्धा हुनेछ । 

आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।हिमालयनले जन जागृति युवा क्लबलाई ४-० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । आयोजकले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । 

प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।