धनगढीको ट्यालेन्ट हन्ट फागुन २५ गते
2022/03/07, 7:10
 
dd

नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करणका लागि धनगढी एफसीले फागुन २५ गते ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। धनगढीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै फागुन २५ गते ट्यालेन्ट हन्ट गरिने जनाएको छ।

सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुने ट्यालेन्ट हन्टका लागि बिहान साढे ७ बजे उपस्थितिका लागि क्लबले अनुरोध समेत गरेको छ।

ट्यालेन्ट हन्टमा धनगढी एफसीका मुख्य प्रशिक्षक युगलकिशोर राई र मार्की खेलाडी विशाल राईको उपस्थितिमा खेलाडीको प्रतिभा नियालिनेछ। उपस्थित खेलाडीहरुबाट एक जनाले धनगढी एफसीबाट नेपाल सुपर लिग खेल्न मौका पाउनेछन्। त्यसबाहेक उत्कृष्ट प्रतिभावान तीन जना खेलाडीहरुलाई सुदूरपश्चिमकै प्रतिष्ठान एसपीए क्याम्पसमा छात्रवृत्ति समेत प्रदान गरिनेछ।