मेयर धनगढी प्याब्सन कप शुक्रबारदेखि हुने
2022/03/08, 3:15
 
aa

मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । धनगढी प्याब्सनको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु हुने आज धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । 

धनगढी प्याब्सन कपको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ । 

‘विद्यालयस्तरबाटै क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्नका लागि धनगढी उपमहानगरपालिका भित्रका निजि तथा सामुदायिक विद्यायलयका टीमहरु बिच प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’ प्रतियोगिता संयोजक शाहीले भने–‘ ‘धनगढीमा क्रिकेटको चहलपहल बढाउने, यहाँका क्रिकेट खेलप्रति उत्प्रेरित गराउने, सुदुरपश्चिमलाई खेलको माध्यमबाट देशभर चिनाउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितालाई विद्यालय स्तरीय उत्कृष्ट प्रतियोगिताका रुपमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको छ ।’ 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समाजका लागि खेलकुद भन्ने मूल नाराका साथ खेलकूदलाई विकास गर्दै आईरहेको धनगढी उपमहानगरपालिकाले यस प्रतियोगिता प्रबद्र्धन गरेको आयोजकले जनाएको छ ।  संयोजक शाहीले भने–‘विद्यालयस्तरबाटै योग्य खेलाडी उत्पादन गर्ने अभिप्रायले यो प्रतियोगिता विगत वर्षदेखि सञ्चालन भइरहेको छ । विद्यालयहरुमा लुकेर रहेका क्रिकेट प्रतिभाहरुलाई विकास गर्न प्रतियोगिताले सक्दो प्रयास गर्दै आइरहेको छ ।’ 

धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजि र सामुदायिक विद्यालयहरुको सहभागीता रहने भएको छ । सहभागी विद्यालयहरुमा एररिस्टो इङ्लिस बोर्डिङ्ग हाई स्कुल, सारदा विद्या निकेतन, ग्यालक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ्ग हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ्ग स्कुल रहेका छन् । 

यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योती इङ्लिस बोर्डिङ्ग स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ्ग स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ्ग स्कुल, थ्री स्टार बोर्डिङ्ग स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालयले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा प्रथम पुरस्कार मेघा पब्लिकेशन प्रा.लि. काठमाण्डौंले प्रायोजक गरेको छ भने दोस्रो पुरस्कारको प्रायोजन धनगढीमा रहेको इमेज होटेलले गरेको छ । यस्तै प्रतियोगिता अवधिभर हरेक खेलको म्यान अफ द म्याच धनगढीमा रहेको जेम्स एकेडेमीले प्रायोजन गरेको छ भने सर्वोत्कृष्ट खेलाडीको पुरस्कार धनगढीमा रहेको थ्री स्टार बोडिङ्ग स्कुलले प्रायोजन गरेको छ । वेष्ट बलर र उदयमान खेलाडी पुरस्कार गुरुकुल एकेडेमी, वेष्टव्याट्स म्यानको प्रायोजन मयूर इङ्लिस बोडिङ्ग स्कुलले गरेको छ । यस प्रतियोगितामा मुख्य प्रायोजक धनगढी उप–महानगरपालिका रहेको छ । 

प्रतियोगिताको बारे थप जानकारी
     प्रतियोगिताको नामः– मेयर धनगढी प्याब्सन कप क्रिकेट प्रतियोगिता ।
     प्रतियोगिता हुने स्थानः– धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेलमैदान । (एस.एस.पी. ग्राउण्ड)
     प्रतियोगिताको फरम्याटः– टि–ट्वान्टी
     प्रथम पुरस्कारः– १,०११११÷– ट्रफी, मेडल र प्रमाणपत्र
     द्वितीय पुरस्कारः– ५११११÷– ट्रफी, मेडल र प्रमाणपत्र
     उत्कृष्ट खेलाडीः– १०,०००÷– ट्रफी, मेडल र प्रमाणपत्र
     उत्कृष्ट व्याट्सम्यान, बलर, उदयमान खेलाडीः– ५०००÷५०००
     प्रत्येक खेलको म्यान अफ द म्याचः १०००÷–
    आयोजकः– प्याब्सन धनगढी नगर समिति, कैलाली

 
यस प्रतियोगितामा सहभागि विद्यालयहरु ः
१. एररिष्टो इङ्लिस बोर्डिङ्ग हाई स्कुल धनगढी ८, कैलाली
२. सारदा विद्या निकेतन धनगढी ५, कैलाली 
३. ग्यालक्सी हाई स्कुल  धनगढी ५, कैलाली
४. त्रिनगर माध्यमिक स्कुल धनगढी १, कैलाली
५. ओक्सफोड यूनिभरसल रिडेक्स हाई स्कुल धनगढी ४, कैलाली
६. धनगढी मोडेल टेक्नीकल स्कुल धनगढी ८, कैलाली 
७. ग्लिी एकेडेमी स्कुल धनगढी ४, कैलाली
८. लिट्ल फ्लावर बोडिङ्ग हाई स्कुल धनगढी २, कैलाली
९. द गार्डनर इङ्लिस बोडिङ्ग स्कुल धनगढी ४, कैलाली
१०. सारदा माध्यमिक स्कुल धनगढी २, कैलाली
११. कैलाली मोडेल एकेडेमी स्कुल धनगढी ४, कैलाली
१२. ऐश्वर्य विद्या निकेतन धनगढी ५, कैलाली
१३. वेष्टन क्रिष्टल एकेडेमी धनगढी २, कैलाली 
१४. ज्योती इङ्लिस बोडिङ्ग स्कुल धनगढी ४, कैलाली
१५. कैलाली विद्या निकेतन धनगढी ८, कैलाली 
१६. फारवेष्ट इङ्लिस बोडिङ्ग स्कुल धनगढी ५, कैलाली 
१७. स्टेपिङ्ग स्टोन इङ्लिस बोडिङ्ग स्कुल धनगढी २, कैलाली
१८. थ्रि स्टार बोडिङ्ग स्कुल धनगढी ८, कैलाली 
१९. ब्राइट वे पब्लिक स्कुल धनगढी ५, कैलाली 
२०. पञ्चोदय माध्यमिक विद्यालय धनगढी ५, कैलाली