मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको छैठौं दिनः फोटोमा हेर्नुहोस्
2022/03/08, 7:57
 
s

सहिद स्मारक ए डिभिजन लिग च्याम्पीयन मछिन्द्रलाई स्तब्ध पार्दै बागमती युथ क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ ।  धनगढी रंगशालामा मंगलबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो । मछिन्द्र लिग च्याम्पीयन बन्दा अपराजित रहेको थियो । 

2

2

1

गोल्डकपमा वागमतिले अपत्यासित नतिजा ल्याउँदै आएको छ । पहिलो खेलमा वागमतिले लिगको तेस्रो स्थानमा रहेको एनआरटीलाई हराएको थियो । अब बागमतीले सेमिफाईनलमा फ्रेन्ड्स क्लबको सामना गर्ने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका सचिव तथा प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए । 

3

2

1

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । वागमतिलाई अन्तिम चारमा पुराउन अमर श्रेष्ठ, ईमान घलान, विदेशी खेलाडी ड्याडी, अनिल राना मगरले गोल गरे । वागमतिका दिवश लिम्बुको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बताए । मछिन्द्रका लागि कप्तान रञ्जित धिमाल र विमल घर्तीमगरले गोल गरे । विशाल राई र विदेशी खेलाडी ओमाडेजको प्रहार गोलपोष्टबाट बाहिरियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वागमतिका निकोलस फर्नाडेज म्यान अफ द म्याच भए । उनले नगद १० हजार प्राप्त गरे । 

1

7

6

खेलपछि प्रतिक्रिया दिदै वागमति युवा क्लका प्रशिक्षक रोहित केसीले लिग च्याम्पीयन र ए डिभिजन खेलाडीहरुलाई आफ्ना खेलाडीहरुले हराउँदा निकै खुशी लागेको बताए । उनले ठुला क्लबलाई हराउँदा मनोबल बढ्दै गएको र प्रतियोगिताको उपाधि जित्ने दावी गरे । ‘आज एकदमै खुशी छौं । लिग च्याम्पीयनलाई जित्न सफल भयौ । मोफसल क्लब पनि ए डिभिजनभन्दा कम छैनन भनेर प्रमाणित गर्न पनि सफल भएका छौं । पेनाल्टीमै लैजाने रणनिति थयो । दोस्रो हाफमा रणनिति चेन्ज गर्दा नतिजा हाम्रो पक्षमा आयो । खेलाडीहरुको मनोवल पनि बढेका कारण जित्यौ ।’ प्रशिक्षक केसीले भने–‘नियमति टेनिंग गर्दाको नतिजा निस्कियो । अब हामी सेमिफाईनलमा पनि एक डिभिजन क्लबलाई हराउँछौर उपाधि जित्छौ ।’

5

4

3

खेलपछि प्रतिक्रिया दिदैं मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले शतप्रतिशत दिदा पनि गोल गर्न नसक्दा र भाग्यले साथ नदिदा पराजय भोग्नु परेको बताए ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । ‘पहिलो म्याच भएर गाहे पनि भयो । उनीहरुको टारगेट पेनाल्टीमा लैजाने थियो । त्यसमा वागमति सफल भयो । प्रेसरमा खेल्दा र खेललाई ईजी लिदां यो नतिजा आयो । हामीलाई भाग्यले पनि साथ दिएन ।’ प्रशिक्षक कटुवालले भने–‘हामीले हन्डेड परसेन्ट दिदा पनि राम्रो चान्चमा गोल हुन सकेन् । मैदानका कारण पनि खेल्न गाहे भयो । वागमितले विदेशी खेलाडी थपेका छन् । त्यसले उनीहरुलाई थप बलियो बनायो । १२ महिना टेनिंग गरेको हुम्दम पनि उनीहरुलाई यो नतिजा दिलायो ।’ 

2

1

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।