पुनर्वासमा मुक्त हलियाका लागि बनाएका घर प्रयोग विहीन
2022/03/09, 12:06
 
dd

कञ्चनपुरको पुनर्वासमा मुक्त हलिया सुरक्षित आवास कार्यक्रम अन्तर्गत वि.स. २०७७ सालमा निर्माण सम्पन्न गरि  हस्तान्तरण गरेका मुक्त हलिया बस्तीका घर प्रयोग विहीन बनेका छन्  ।

जिल्लाको पुनर्वास नगरपालिका-९ ख गाउँमा अवस्थित उक्त हलिया बस्तीमा निर्माण भएका ४२ घर मध्ये ३० घर प्रयोग विहीन बनेका हुन्  । बेरोजगारी, कमाएर खाने जग्गा जमिन टाढा हुनु जस्ता कारणले ३० घरपरिवारले निर्माण भएका घरहरूमा बस्नै छाडेको चन्द्र सुनारको भनाई छ।उनले आफ्नो जग्गा नभएका कारण दैनिक मजदुरी गर्दै पाँच जनाको परिवारसँगै सो भवनमा बस्दै आएको बताए ।

सरकारले आवास मात्रै हैन हाम्रा समस्या हेरी रोजगारी तथा कुनै सिपमूलक कार्यक्रमको व्यवस्था गरिदिए आफूहरूलाई गुजारा गर्न सहज हुने सोही बस्तीमा बस्दै आएका एक जना अपाङ्ग व्यक्ति चन्द्र विकले बताए । ‘आफू र श्रीमती दुवै अपाङ्ग छौ, दुई बच्चा छन् ,न रोजगारी छ, न कुनै सिप नै जानेको छ,’ उनले भने, ‘जमिन र घर भएकाहरू यश बस्तीमा बस्दैनन्,आफ्नो केही नहुँदा यसै घरमा बसेर ठुलो आभास मिलेको छ ।’

सरकारले हलिया मुक्त समाज निर्माण गरेको बस्तीमा  नगर र वडा कार्यालयले सडक, विधुत, खानेपानी र शौचालयको व्यवस्था  गरेको वडाध्यक्ष नारायण जैशीले बताए ।  स्थायी विधुत मिटर नगरपालिकाले प्रत्येक घरमा निःशुल्क जडान गर्न विधुत कार्यालयमा माग गरेको छ । बस्तीमा मान्छे बस्दै गए समस्या हेरी अन्य सुविधाका कुरापनी थपिन्थे,’वडाध्यक्ष जैशीले भने ।

No description available.सङ्घीय कृषि,भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ करोड ७६ लाख ४७ हजार ५ सय, हेविटाट फर ह्युमानिटी नेपालको ६२ लाख ८७ हजार, पुनर्वास नगरपालिकाको ३ लाख ३५ हजार, घरधुरी योगदान  १३ लाख १७ हजार ४ सय बीस रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो ।