
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले फेब्रुअरी महिनाका लागि बुधबार घोषणा गरेको पुरुषतर्फको मनोनयनमा दीपेन्द्रसँगै यूएईका ब्याट्सम्यान भ्रीत्या अरविन्द र भारतका ब्याट्सम्यान श्रेयस ऐय्यर परेका छन्।
दीपेन्द्रले ओमनमा भएको आईसीसी पुरुष टी–२० विश्वकप क्वालिफायरमा नेपाललाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आईसीसीले उल्लेख गरेको छ।

उनले सो प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले १५९ रन जोडेका थिए भने ६ विकेट लिएका थिए।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 6:17
2020/12/13, 10:15
2021/07/17, 7:08
2022/04/01, 3:44
2023/04/29, 10:26