मेयर एसपिए कप महिला भलिबलको उपाधि टिकापुरलाई
2022/03/16, 5:31
 
dd

चौथो मेयर एसपिए कप महिला भलिबल प्रतियोगिताको उपाधि टिकापुर बहुमुखी क्याम्पसले प्राप्त गरेको छ । धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसले आयोजना गरेको प्रतियोगितामा आयोजक टिमलाई हराउँदै टिकापुर बहुमुखी क्याम्पसले उपाधि जितेको हो । चौथो संस्करणको प्रतियोगितामा आयोजक सुदूरपश्चिमाञ्चल क्याम्पस उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । 

टिकापुर बहुमुखी क्याम्पसले उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पनि पाएको छ । उपविजेता सुदूरपश्चिमाञ्चल क्याम्पसले २५ हजार नगद पाएको छ । महिला भलिबल प्रतियोगितामा कान्ति राज्यलक्ष्मी मावि पहलमानपुरलाई हराएर अत्तरियाको दुर्गालक्ष्मी तृतीय भएको छ । तेश्रो स्थानमा रहेको दुर्गालक्ष्मीले १२ हजार नगद पुरस्कार प्राप्त गरेको छ । धनगढी उपमहानगरका खेलकुद संयोजकतथा वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाले विजेता, उपविजेता र तेश्रो भएका टिमहरुलाई पुरस्कार वितरण गरे ।

टिकापुर बहुमुखीक्याम्पसकी अनुषाचौधरी प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । फागुन ३० गतेदेखि शुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका ९ वटा टिम सहभागी थिए । समापन तथा पुरस्कार वितरण समारोहमा क्याम्पसका प्रबन्ध निर्देशक सुवाश शाही, क्याम्पस प्रमुख योगराज उपाध्याय, क्याम्पसका खेल प्रशिक्षक भागिराम बखरिया लगायतको उपस्थिति थियो ।