
पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाएको २ सय ९३ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहितले कीर्तिमानी शतक बनाए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए । रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्नै दोस्रो खेलाडी बनेका छन् । त्यस्तै उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।
उनी अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनको नाममा १२६ रन रहेको छ । त्यस्तै नेपालका लागि आरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे । बलिङतर्फ पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक तीन विकेट लिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04