चैत २६ गते ‘अब धनगढी दौडिन्छ’  को आठौं संस्करण हुने
2022/04/01, 12:25
 
dd

‘अब धनगढी दौडिन्छ’  को आठौं संस्करण  चैत २६  गतेको दिन आयोजना हुने भएको छ । नया वर्षको पुर्व सन्ध्यामा 'मुख्यमन्त्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथुन २०२२' को आठौ संस्करण हुन लागेको हो । ‘अब धनगढी दौडिन्छ’ कार्यक्रम हाफ म्याराथन दौड प्रतियोगिता हो । 

कैलालीको धनगढीमा शुक्रबारआयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगिताका संयोजक महेश्वर ओझाले प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने बताए ।सहभागिताको लागी विद्यार्थीलाई रजिस्ट्रेसन २ सय र अन्यको लागि ३ सय कायम गरिएको छ । 

उनले धनगढी रंगशालाबाट शुरु हुने दौड प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने बताए । संयोजक ओझाका अनुसार उनले २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र सञ्चार तथा ५ किलोमिटरकै ट्राइसाकल रेस आयोजना गरिने जनाईएको छ । 

दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् । यसैगरी कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डेयले बताए ।

यसैगरी कर्पोरेट र सञ्चार , महिला, विद्यार्थी हरुलाई पनि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डेयले बताए । यसैगरी र ट्राई साइकल रेसमा सहभागी हुने सबैलाई पुरस्कारको ब्यवस्था गरीएको आयोजकले जनाएको छ ।