
धनगढीको होटेल डिभोटी–पिपल चौतारा सडक कालोपत्रे सुरु भएको छ । ८७० मिटर सो सडक कालोपत्रेको काम सुरु भएको हो ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सडक कालोपत्रेको काम सुरु भएको बताए । एशियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा १०.७० किलोमिटर सडक कालोपत्रे हुने चरणमा रहेको नगर प्रमुख नृपबहादुर वडले बताए ।
यसपछि सहिद गेटदेखि क्याम्पस चोकसम्मको सडक कालोपत्रे हुने नगर प्रमुख वडले बताए । वडा नम्बर २ को चर्चसम्मको २.७ किलोमिटर सडक, ७ सय मिटरको क्याम्पस गेट–जाखोरताल सडक, ३.६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, १.१५ किलोमिटरको हसनपुर सडक र ४३० मिटरको मालपोत सडकको काम भइरहेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/16, 7:18
2021/08/17, 1:30
2022/06/02, 4:18
2023/08/17, 1:14