एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः चैत २९ गते रिद्धिसिद्धि प्यालेसमा हुने
2022/04/09, 1:20
 
dd

धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीमा हुने कार्यक्रम चैत २९ गते धनगढीको रातोपुलमा रहेको रिद्धिसिद्धी पार्टी प्यालेसमा हुने भएको छ । विभिन्न कार्यक्रम गर्नका लागि उपयुक्त रहेको रिद्धिसिद्धि पार्टी प्यालेसले अवार्डलाई साथ दिएको छ । अवार्डमा प्यालेस भेनु पार्टनरको रुपमा रहनेछ । 

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा रिद्धिसिद्धी पार्टी प्यालेसका प्रबन्ध निर्देशक प्रकाश जप्रेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरे ।नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ ।

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल,  सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ ।

त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम र न्यु सिटी पोलिक्लिनिकले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा ठाकुर एग्रो ईन्ड्रष्टिजक, केल्मी र नवजीवन को–अपरेटिभ्स रहेका छन । 

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।