सरकारी कार्यालयहरुमा सामाजिक दूरी अपनाउँदैनन् सेवाग्राही
2020/06/21, 1:32
 
korona

सामाजिक दूरी कायम गराउन गोलो घेरा छ । लाईनबद्ध गराउन डोरी पनि टाँगिएको छ । तर धनगढी स्थित मालपोत कार्यालयमा त्यसको कुनै अर्थ छैन । सेवाग्राहीहरु हातमा फाइल बोकेर बसिरहेका थिए । न कोरोनाको डर थियो, न त सामाजिक दूरी अपाउनु पर्छ भन्ने भावना नै । सेवाग्राहीहरु कोही समूह भएर बसेका थिए, कोही झ्यालमा झुम्मिएका थिए । लाइनमै भए पनि सामाजिक दूरी अपनाएको देखिएको थिएन ।

b

कोही सेवाग्राही आफै छुट्टिएर उभिएका थिए । कतिपय सेवाग्राहीले मास्क समेत लगाएका थिएनन् । कार्यालयका कर्मचारीहरु सेवाग्राहीसँग भन्दै थिए, ‘सामाजिक दूरी कायम गराऔं, सबैको काम हुन्छ ।’ कर्मचारीहरु भीडमा आउने बित्तिकै सेवाग्राही पालैपालो फाइल देखाउँदै सोध्दै थिए, ‘उनी फाइल हेर्दै कोठा नम्बर बताउँदै थिए ।’ कोही सेवाग्राही आक्रोश व्यक्त गर्दै थिए, ‘बिहान खाना नखाई आएको अझै काम भएन, तपाईं भिडमा आएर हामीलाई सम्झाउँदै हुनुहुन्छ, तर कर्मचारीको काम गराई भएन ।’ ‘सामाजिक दूरी अपनाउन आग्रहसँगै काम छिटो गरेर पठाउँ जस्तो हुन्छ,’ मालपोत कार्यालयका एक जना कर्मचारीले भने, ‘हात धुनका लागि साबुन पानी, सामाजिक दूरी अपनाउनु भनेर गोलो लगाएका छौं, तर त्यसको केही अर्थ लागेन ।’ बस्नका लागि ठाउँ भएपनि नाम बोलाएको नसुनेको भन्दै झ्यालमै पोको पर्छन् सेवाग्राही । सामाजिक दूरी अपनाउनका लागि प्रेरित गर्न गोलो लगाइसकेपछि सेवाग्राही आफैले बुझ्नुपर्ने मालपोत कार्यालयका कर्मचारीहरुको भनाई छ । 

b

मालपोतकै छेउको नापी कार्यालयको अवस्था पनि उस्तै छ । सेनिटाईजर लगायत सबै कार्यालयहरुमा सावुन पानीले हात धुनेसम्मको व्यवस्था हुनुपर्छ । कर्मचारीहरु व्यक्तीगत सुरक्षाका सामाग्री प्रयोग गरी समाजिक दुरीमा बस्ने गरेको भएपनि सेवाग्राहीलाई त्यो कुराले कुनै प्रवाह गरेका छैनन् । ‘सुरक्षा सतर्कता अपनाउन सरकारी कार्यालय उदासिन देखिएका छन् सेवाग्राही ईश्वर शाहीले भने–‘व्यक्तिगत सुरक्षाका लागि सेवाग्राहीले पनि सजक हुनु आवश्यक छ ।’

b

लकडाउन नयाँ स्वरुप कार्यान्वयन भएपछि मालपोत नापी मात्रै होईन कैलालीका सरकारी कार्यालयहरु पनि पूर्ण रुपमा संञ्चालनमा आएका छन् । नेपाल सरकारले नै समाजिक दूरी कायम गरी व्यक्तीगत सुरक्षाका साथ साढे दुई महिनादेखि रोकिएको सरकारी सेवा पुनः सुरु गर्न निर्देशन दिएको थियो । सोही अनुसार असार १ गतेदेखि दुई सिफ्टमा सरकारी कार्यालयहरु पनि सञ्चालन भईरहेका छन । विहान ८ बजे देखि १ र १ बजे देखि साँझ ६ बजे सम्म दुई सिफ्टमा सेवा दिनुपर्ने भनिएको छ । व्यक्तीगत सुरक्षाका सामाग्रीहरु प्रयोग गरी सामाजिक दुरी सहित सेवा प्रवाह गर्नुपर्ने भएपनि कैलालीका अधिकांश सरकारी कार्यालयहरुमा भने त्यसको व्यवस्थापन हुन नसकेको मालपोत कार्यालयमा भेटिएका सेवाग्राही विर्ख बुढाले बताए ।

‘कोरोनाको जोखिमबाट बच्नका लगि कुनै व्यवस्थापन हुन सकेको छैन्,’ उनले भने, ‘समाजिक दुरीदेखि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पनि उपलब्ध छैन् ।’ सरकारी कार्यालयहरु सञ्चालन भएपनि सेवाग्राहीको भिडभाडले कोरोनाको जोखिम बढाएको उनले बताए । कार्यालयहरुको प्रवेशद्वारमा एउटा टेबलमा स्यानिटाइजर र हात धुने पानीको राम्रो व्यवस्था गरिएको छैन । तर नापी कार्यालय कैलालीका निमित्त प्रमुख किशन सिंह विष्टले भने कोरोनाको जोखिमबाट बच्नका लागि व्यवस्थापन गरिरहेको दावी गरे । ‘सेवाग्राहीलाई सामाजिक दूरी कायम गर्न बेला बेला सचेत गराईरहेका हुन्छौं’, उनले भने, ‘सावुन पानीले हात धुने व्यवस्था पनि मिलाएका छौं ।’