धनगढीमा ३० गते ‘एसटिएस पेनाल्टी सुआउट’ हुने
2022/04/11, 1:20
 
ss

कैलालीको धनगढीमा हरेक वर्ष आयोजना हुँदै आएको ‘एसटिएस पेनाल्टी सुआउट’ यसवर्ष पनि हुने भएको छ। नयाँ वर्षको अवसरमा चैत ३० गते धनगढीको फाप्ला मैदानमा एसटिएस पेनाल्टी सुआउटको नवौं संस्करण हुने भएको हो। 

आयोजक रकस्टार मल्टिमिडिया सर्भीस र शैलेश्वरी सेक्युरिटी सर्भिसेजल आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दे पेनाल्टी सुटआउट प्रतियोगिताबारे जानकारी दिएको हो। रकस्टार मल्टिमिडिया सर्भीसका अध्यक्ष जितेन्द्र रावलले प्रतियोगिताका विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार र उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार प्रदान गरिने बताए। 

‘प्रतियोगितामा ३५ वर्षमाथिका खेलाडीले मात्रै सहभागीता जनाउन पाउनेछन्,’ उनले भने, ‘पेनाल्टी सुटआउटसंगै सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ।’ उनले टिम दर्ताको समय ३० गते दिउसो २ बजेसम्म तय गरिएको बताए। प्रतियोगितालाई हिमालयन ब्रअरीको काठमाडौं बियरले मुख्य प्रायोजन गरेको छ।