लिभर ड्यामेज भएका तेक्वान्दो प्रशिक्षक सिंहलाई सहयोग 
2022/04/15, 8:50
 
ss

लिभर ड्यामेज भएका तेक्वान्दो प्रशिक्षक शेरहादुर सिंहलाई सहयोग गरिएको छ । नेपाल तेक्वान्दो संघले पठाएको सहयोग रकम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा प्रशिक्षक सिंहलाई सहयोग गरेको हो । नेपाल तेक्वान्दो संघका सुदुरपश्चिम ईन्चार्ज साम्राज्य विक्रम पाण्डेयको पहलमा पठाईएको नगद ५० हजारको चेक प्रशिक्षक सिंहलाई सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीले हस्तान्तरण गरे । 

लिभर ड्यामेज भएर उपचाररत प्रशिक्षक सिंहले अहलिे आफ्नै पहलमा उपचार गराईरहेका छन् । उनलाई चिकित्सकहरुले लिभर टान्स प्लान्ट गर्नुपर्ने सुझा दिएका छन् । यसका लागि नेपालमा झण्डै ५० लाख र भारतमा एक करोड रुपैयाँ लाग्ने गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रशिक्षक सिंहले आफुलाई सहयोगको आवश्यकता रहेको भएपनि अहिलेसम्म कसैलाई आर्थिक सहयोगका लागि नभनेको बताए । उनले तेक्वान्दो संघले सहयोग गरेपछि लिएको बताए । अब उपचार गर्नका लागि सबै रकम आफुले तिर्न नसक्ने भएकोले सहयोगका लागि पनि अपिल गरेका छन् ।

‘खेलाडी हुने वेलादेखि नै ग्यास्टिक र अल्सरको समस्या थियो । धेरै बर्ष खेलेर्र पचाईयो । स्वास्थ्यमा सुरुमा लापरवाही गर्दा अहिले लिभरको अवस्था चौथो स्टेजमा छ । सबैतिर चेकजाँच पनि गरिसकेको छु ।’ तेक्वान्दो प्रशिक्षक सिंहले भने–‘डाक्टरहरुले औषधी खाएर निको हुदैंन । तर दश पन्ध्र बर्षसम्म बाँचिन्छ भनेका छन् । उनीहरुले टान्सप्लान्ट गर्न नै भनेका छन् । त्यत्रो रकम म सँग छैन । साथीभाईहरुले सहयोग गरिरहेका छन् । सबैलाई सहयोग गर्नका लागि आव्हान पनि गर्दछु ।’

सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका पदाधिकारीहरुका बीचमा सहयोग रकम हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीले प्रशिक्षक सिंहका लागि सहयोग अभियानको सुरुवात भएको बताउँदै अब निरन्तर रुपमा लाग्ने जानकारी दिए । उनले तेक्वान्दो क्षेत्रमा पुराएको योगदानलाई सम्मान गर्नका लागि पनि उपचारका लागि आर्थिक अभियान सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शाहीको भनाई छ ।

‘सबै निकायबाट सहयोग जुटाउने अभियान सञ्चालनको सुरुवात गरेका छौं । यो त्यसको सन्देश प्रवाह गर्ने कार्यक्रम हो । उहाँले तेक्वान्दोको विकासमा पुराएको योगदानको अब हामी सबै मिलेर उहाँका लागि सहयोग जुटाउन सक्छौं । हामी सफल पनि हुन्छौ ।’ अध्यक्ष शाहीले भने–‘आगामी दिनमा आर्थिक अभियान चरणवद्ध रुपमा अगाडी बढाउनेछौं । यसलाई हामी सफल पारेरै छोड्ने छौं । उहाँलाई सहयोग गरेर जब हामी सफल हुन्छौं । यो नै गुरुलाई दिएको जीवनको सबैभन्दा ठुलो अवार्ड हुनेछ ।