मुख्यमन्त्री महिला गोल्डकप निशुल्क हेर्न पाईने 
2022/04/17, 5:28
 
dd

कैलालीको धनगढीमा प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता निशुल्क हेर्न पाईने भएको छ । वनदेवी युवा क्लबको आयोजनमा सुरु भएको प्रतियोगिता अन्तर्गत आईतबारको खेल निशुल्क हेर्न पाईने भएको हो । 

आईतबारको खेलमा विभागीय टिम नेपाल आर्मी क्लब र बागमति युवा क्लब सर्लाही प्रतिस्पर्धा गरिरहेका छन् । रात्रीकालीन रुपमा भईरहेको प्रतियोगिताको दोस्रो दिनको खेल धनगढी रङ्गशालामा निशुल्क हेर्न पाईने व्यवस्था गरिएको आयोजक वनदेवी युवा क्लबका उपाध्यक्ष प्रकाश शाहीले जानकारी दिए । 


वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।