मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताः आर्मी र एपिएफ उपाधिका लागि भिड्ने 
2022/04/19, 8:38
 
ss

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीइ टीम नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बल एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भईरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार भिड्ने भएका हुन् । 

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाईनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै उपाधि नजिक पुग्यो । दोस्रो सेमिफाईनल खेलमा एपिएफ क्लबले सुदुरपश्चिमलाई ३७–३२ ले हरायो । 

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन । प्रतियोगिताको बुधबार सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द वोहोराले समापन गर्ने कार्यक्रम रहेको छ ।