फाप्लाको पूर्वाधार विकास समिति गठन आदेश स्वीकृत गर्ने सरकारको निर्णय
2022/04/27, 7:23

सरकारले कैलालीको धनगढी उपमहानगरलिकास्थित फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास गठन आदेशलाई स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले गठन आदेशलाई स्वीकृत गरेको हो।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सरकारी जग्गामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय भएको थियो। मन्त्रिपरिषद्को बैठकले मैदान र खेलग्राम निर्माणका लागि नेपाल सरकारको नाममा रहेको २ लाख ६० हजार ९ सय १९ वर्गमिटर जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04