ऐश्वर्य मेयर कपको उपाधि पञ्चोदयलाई 
2022/04/28, 8:11
 
ss

धनगढीमा भएको ऐश्वर्य मेयर कप फुटसल प्रतियोगिताको उपाधि पञ्चोदय माविले जितेको छ । धनगढीको फल्याटल्याण्ड फुटसलमा सम्पन्न फाईनलमा ग्यालेक्सी माविलाई ८–५ ले हराउँदै पञ्चोदयले उपाधि जितेको हो । 

2

उपाधिसँगै पञ्चोदयले नगद ५५ हजार सहित ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेता ग्यालेक्सीले नगद ३० हजार सहित ट्रफी मेडल प्राप्त गरेको छ । त्यसैगरी पञ्चोदयका समीर विक वेष्ट किपर, सुशिल विक सर्वाधिक गोलकर्ता, दिपेश थापा उत्कृष्ट खेलाडी र ग्यादेक्सीका दिपेश जोशी भए । 

4

विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ । ऐश्वर्य विद्यार्थी समाजका अध्यक्ष महेश जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल प्रमुख अतिथि रहेका थिए । ऐश्वर्य वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट विशिष्ठ अतिथि रहेका थिए ।

प्रतियोगिताको विजेता र उपविजेता ट्रफी खबरकुञ्ज डटकमले प्रायोजन गरेको थियो ।