असारे बजेट कुम्ल्याउने मेसो, वन अतिक्रमण गरेर खेल मैदान (भिडियो सहित) 
2020/06/22, 8:09
 
khel maidan

कंचनपुरको डिलाशैनी समुदायिक वनका अध्यक्ष र जनप्रतिनिधिको मिलेमतोमा वन क्षेत्र अतिक्रमण गरी खेल मदैन बनाउन थालिएको छ । शुक्लाफाँटा नगरपालिका १ बन्साहमा रहेको रहेको सो सामुदायिक वन उपभोक्ता समुहको वन मासेर खेलमैदान बनाउन थालिको हो । यसरी अबैध रुपमा वन मासेर खेल मैदान बनाउन थाले पछि स्थानियले बिरोध गरेका छन् ।
बनका अध्यक्ष अम्बर बहादुर बिष्ट आफै उपभोक्ता समितिको अध्यक्ष बनेर बन मास्न थालेको स्थानिय पुष्कर बिष्टको आरोप छ । यसरी वन मास्न हुदैन भनेर सम्झाउन खोज्दा उल्टै उपभोक्ता समितिका सचिब हरिश बिष्टले आफुमाथि कुटपिट भएको बताए । असारको बजेट सक्न हतार हतारमा जंगल तहसनहस गरेर खेलमैदान बनाउन लागेको बिष्टको आरोप छ ।
यता सब डिभिजनल वन कार्यलय शुक्लाफाँटाले वन मासेर खेल मैदान बनाउनु वन ऐन विपरीत भएको बताए । शुक्लाफाटाँ १ का अध्यक्ष हरिश बिष्टले खेलमैदान भएको जमिन सामुदायिक वनको भएको स्वीकार गरे । सो बनमा बिगत ५ वर्षदेखि नै खेलमैदान रहेकोले स्तरउन्नतिको लागि सरकारी बजेटमा काम भईरहेको बताए । वनका अध्यक्ष बिष्टले पनि बिगतदेखि नै सोही क्षेत्रमा खेल मैदान भएको बताए ।