
नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसबाट निष्कासित नेता कर्णबहादुर मल्ललाई ‘भष्मासुर’को संज्ञा दिएका छन्। डडेल्धुराको अमरगढीमा आयोजित एक चुनावी सभामा बोल्दै उनले मल्ल ‘भष्मासुर’ भएको बताएका हुन्।

‘अब देउवाको नाममा खाने दिन गए। भष्मासुर प्रवृत्ति नेपाली कांग्रेसमा टिक्दैन,’उनले भने, ‘अहिले करुवाको नाममा एमालेसँग साँठगाठ गरेकाहरु हरुवा हुन्। देउवाको हात समाएर हिडेकाहरु अहिले चुनौती दिन खोजिरहेका छन्। तर, सम्भव छैन।’
यस्तै मल्ललाई सर्मथन गर्दै कांग्रेस बीपीमा गएका सर्मथकहरुले समेत फर्किन चाहेको उनले बताए। यस्तै डडेल्धुरामा कांग्रेसलाई जिताउन उनले आग्रह गरे।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39