कोरोना संक्रमित बढ्दै गएपछि सुदूरपश्चिमका पालिकाहरू धमाधम सिल
2020/06/22, 9:36
 
korona

कोरोना संक्रमित बढ्दै गएपछि सुदूरपश्चिमका स्थानीय तहले पालिकाहरू सिल गर्न थालेका छन । बैतडीको पाटन नगरपालिकाभित्र अत्यावश्यक सेवा बाहेक सम्पूर्ण बजार र व्यवसाय एक साताका लागि सिल गरिएको नगर प्रमुख केशव चन्दले बताए ।

b

 १५ असारसम्म कायम रहने कडाइको कसैले अवज्ञा गरेको पाइए पहिलो पटकलाई ५ हजार रुपैयाँ जरिवाना गरिने उनले जानकारी दिए । यस्तै, दोस्रो पटक अवज्ञा गरेको पाइए १० हजार जरिवाना र तेस्रो पटक पनि अटेर गरेको पाइए प्रचलित कानून अनुसार कारवाही गरिने उनले बताए ।

1

यस्तै, डडेल्धुराको परशुराम नगरपालिका क्षेत्र समेत आईतबारदेखि सिल गरिएको छ । ७ देखि ११ असारसम्म अत्यावश्यक सेवा बाहेक नगरपालिका क्षेत्रका सम्पूर्ण बजार सिल गरिएको नगर प्रमुख भीमबहादुर साउँदले बताए । केही दिनअघि डडेलधुराको गन्यापधुरा गाउँपालिका, डडेलधुरा बजार क्षेत्र पनि सिल भईसकेको छ । 

bकैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्र पनि सिल गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिका पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सिल गरिएको छ । कोरोना रिपोर्ट ढिलो आउने र संक्रमित व्यक्ती बजार बजार डुल्ने क्रम नरोकिएपछि पालिकाहरू सिल गरिएका हुन ।