सुदूरपश्चिममा सोमवार ९६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा सवैभन्दा वढी कैलालीका ५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै कैलालीमा सुदुरपश्चिम प्रदेशमा सवैभन्दा वढी ३१९ जना संक्रमित पुगेका छन् । कैलाली वाहेक डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका तीन सय १९, डडेल्धुरामा दुई सय एक, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय, अछामका ७७, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन ।