
कैलालीमा लम्कीचुहा नगरपालिकाको दुई वटा क्वारेन्टिनबाट घर पठाईएका ५८ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्वर १ र २ को क्वारेन्टिनमा बसाएर घर पठाईएका ५८ जनामा कोरोना पुष्टि भएको हो ।

दुई सय ४२ जनामा आरडिटी पोजेटिभ आएकोमा ९३ जनाको जेठ २८ गते स्वाब संकलन गरिएको थियो । त्यसमा ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताईन । ‘उनीहरुलाई लम्की बहुमुखी क्याम्पस र राधास्वामी सतसंगमा राखिएको थियो । तर नतिजा आउन ढिलाई भएपछि घर पठाईएको थियो ।’ उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।
स्वास्थ्य शाखाले संक्रमण पुष्टि भएका ५८ जना भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र उनीहरुमा कोरोनाको लक्षण पनि नदेखिएकोले घर पठाएको जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36