भारतबाट आएकाहरुलाई नगद १५ सय राहत 
2020/06/23, 8:01
 
korona

डोटीको पुर्वीचौकी गाँउपालिकाले भारतबाट आएकाहरुलाई नगद १५ सय राहत दिईने भएको छ । जेठ २२ गतेदेखि असार ८ गतेसम्म भारतबाट आएकाहरुलाई गाउँपािलकाले राहत स्वरुप नगद दिने भएको हो ।

गाँउपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै भारतबाट आएकालाई जनही एक हजार पाँच सयका दरले राहत दिने निर्णय भएको जनाएको छ । भारतबाट रोजजगारी गुमाएर फर्किएकाका गाउँपालिकाका वासिन्दालाई सीममाबाट उद्धार गरीएको र सवारी भाडा समेत उपलब्ध गराएको गाउँपालिकाले राहतका लागि नगद दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिर्घ बोगटीले जानकारी दिए । 

2