क्वारेन्टिनबाट घर फर्किदा मृत्यु भएका युवकको कोरोना परीक्षणका लागि स्वाब प्रयोगशालामा
2020/06/23, 9:07
 
korona

कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएपछि कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब धनगढी स्थित प्रयोगशालामा छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमवार साँझ मृत्यु भएकोमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा मंगलवार प्रयोगशलामा परिक्षण हुदैछ ।

मंगलवार उनको कोरोनाको परिक्षणको रिर्पोट आउदैछ । आईतवार मात्रै घर पठाईएकोमा सोमवार वडा नम्वर ५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो ।