प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम आउँदै
2022/06/17, 12:56
 
dd

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार कञ्चनपुर आउँदै छन्। विश्वविद्यालयका कुलपति समेत रहेका देउवा आज हुने समारोहमा सरिक हुनका लागि कञ्चनपुर आइरहेका हुन्। 

विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ। समारोहमा शिक्षामन्त्री लगायतको सहभागिता रहनेछ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो एसके जोशी पनि आउने बताइएको छ।

त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन्। विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए।