जिल्ला भलिबल संघ डडेल्धुराको अध्यक्षमा ठगुन्ना 
2022/06/18, 11:37
 
ss

जिल्ला भलिबल संघ डडेल्धुराको अध्यक्षमा राजेन्द्र ठगुन्ना चयन भएका छन्। शुक्रबार सम्पन्न संघको वार्षिक साधारणसभा तथा अधिवेशनबाट ठगुन्ना अध्यक्षमा सर्वसम्मतले चयन भएका हुन्।

अधिवेशनले ठगुन्नाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। संघको उपाध्यक्षमा धर्मराज पन्त, राजबहादुर भाट, महासचिवमा पुष्कर देउवा र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन्।

सदस्यहरूमा सोहन गैराल, मीना पाल, जगत ऐर, जानकी विष्ट, दिनेश खडायत र विनोद केसी चयन भएका छन्।