कोरोनाले मृत्यु भएका पुरुषको उपचारमा खटिएका २४ जनाको रिर्पोट नेगेटिभ
2020/06/23, 12:16
कैलालीमा कोरोनाको संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका २४ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ। धनगढीको नवजिवन अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मी सहित २४ जना रिर्पोट नेगेटिभ आएको हो।
अस्पतालका सञ्चालक योगेन्द्र ओझाले धनगढीमा गरिएको पीसीआर परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको जानकारी दिए। जेठ ३१ गते कोरोना पुष्टि भएका गोदावरी नगरपालिका १ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो।
कोरोना पुष्टि हुन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नवजिवन अस्पतालमा भर्ना गरिएको थियो। कोरोना पुष्टिपछि सेती अस्पतालमा लगिएकोमा अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28