कैलालीको गोदावरी नगरपालिकामा एकै दिन ४४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएका मध्ये ४४ जना गोदावरी नगरपालिकाका रहेका छन् । उनीहरुमध्ये १५ महिला र २९ पुरुष रहेका छन् ।
त्यसमा पनि ५ महिनाको बच्ची, ३ बर्ष र ४ बर्षकी पनि बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पुरुष तर्फ पनि ८ बर्ष, १० बर्षका दुई जना बालक रहेका छन् । गोदावरी नगरपालिकाका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भईसकेको छ । मंगलवार मात्रै कैलालीमा थप ४६ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार परीक्षणमा कैलालीका ४६ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार जिल्लाको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना र भजनीकी १९ बर्षीय महिला र कैलालीकी ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो।
योसंगै कैलालीमा संक्रमितको सङख्या तीन सय ८७ पुगेको छ । कैलालीमा तीन जना संक्रमितको मृत्यु भईसकेको छ ।