सुदूरपश्चिममा ५ प्रहरीलाई कोरोना पुष्टि, दुई महिला प्रहरीले कोरोना जिते 
2020/06/23, 1:30
 
korona

सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या ५ जना पुगेको छ । सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरीमा कोरोना पुष्टि भएको हो । अछाम र बाजुरामा कार्यरत दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले जानकारी दिए ।

उनका अनुसार दुबै प्रहरी जवानको सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यसअघि सुदूरपश्चिममा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । प्रहरी नायव महानिरीक्षक सुवेदीका अनुसार तीनै जना प्रहरी कंचनपुरमा कार्यरत रहेकोमा दुई जना संक्रमित महिला प्रहरी भने कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन् ।

एक जनाको भने कञ्चनपुरमै उपचार भईरहेको छ । कञ्चनपुरका संक्रमित प्रहरी गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि र क्वारेन्टिन सुरक्षार्थ खटिएका थिए ।