महाकाली अस्पतालबाट थप ८ जना डिस्चार्ज
2020/06/23, 4:01
 
korona

महाकाली अस्पतालबाट मंगलबार ८ जना निको भएर घर फर्किएका छन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा दोस्रो पटकको पीसीआर परीक्षणमा कोरोना नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका डा सरोज आचार्यले बताए ।

डिस्चार्ज हुनेहरुमा महाकाली नगरपालिकाका ५ जना, शुक्लाफांटा, बेलौरी र पुनर्वास नगरपालिकाका एक एक जना छन् । अस्पतालबाट हालसम्म ११ महिने बालक सहित ५० जना डिस्चार्ज भइसकेका छन् । हाल अस्पतालको आसोलेसनमा १४ जना छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको डा. आचार्यले बताए ।