कैलालीको टीकापुर र भजनीका स्थानीय वासिन्दालाई खाद्य सामाग्री सहयोग गरिएको छ । भजनी नगरपालिकामा रहेको दिगो विकास समाजले दुवै नगरपालिकाका स्थानीयहरुलाई खाद्य सामाग्री प्रदान गरेको हो । नेपाल सरकारको नियम अनुसार भौतिक दुरी कायम गरी एक परिवारलाई ३ हजार एक सय वरावरको खाद्य सामाग्री वितरण गरिएको दिगो विकास समाज भजनीले जनाएको छ ।
कैलालीको टिकापुर नगरपालिको वडा नम्बर ६, ७ र ८ तथा भजनी नगरपािलकाको वडा नम्बर ३, ५ र ७ का वासिन्दालाई खाद्य सामाग्री वितरण गरिएको दिगो विकास समाजका परियोजना संयोजक करन वानियाँले जानकारी दिए । लकडाउनमा अप्ठ्यारोमा गरेका, गरिव, अपांग, एकल महिला, दलित, जनजाती लगायतका विपन्न वर्गलाई गरी ५५ परिवारलाई वल्र्ड भिजन ईन्टरनेशलन नेपालसँगको साझेदारीमा दिगो विकास समाजले सहयोग गरेको हो । प्रत्येक परिवारका लागि ३० किलो चामल, तीन किलो दाल, दुई किलो चिनी, दुई लिटर तेल र चार चक्की सावुन उपलब्ध गराईएको छ ।
दुवै नगरपालिकाको समन्वयमा ६ वटा वडामा सो सामाग्री वितरण गरिएको परियोजना संयोजक करन बानियाँले वताए । दिगो विकास समाजले वल्र्ड भिजनको आर्थिक सहयोगका संचालित कृषि तथा आर्थिक विकास परियोजना संचालन गर्दै आईरहेको छ । हालको परिस्थितिमा सो परियोजना संचालन गर्न समस्या भएकोले खाद्यान सहयोग गरेको वानियाले बताए ।