धनगढी उप–महानगरपालिकाको पाँचौं नगरसभाको तयारी पुरा
2020/06/23, 5:43
 
dhangadhi

असार १० गते उद्घाटन गरिने धनगढी उप–महानगरपालिको पाँचौ नगरसभाको तयारी पुरा भएको छ । धनगढी उप–महानगरपालिकाले नगरसभाको अन्तीम तयारीका लागि कार्यपालिका बैठममा नीति तथा कार्यक्रम र बजेट माथी आन्तरीक छलफल भैरहेको जनाएको छ ।

कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण आर्थिक बर्ष २०७७÷०७८ को अनुमानीय आय ब्ययको आकार केहि घटेर आउने बुझीएको छ । नगरसभाले ल्याउने कार्यक्रम तथा बजेटले कोभिड १९ बाट सिर्जित संकट ब्यबस्थापनलाई प्राथमिकतामा राखिने बताईएको छ ।

त्यसैगरी पूर्वाधार विकास, कृषीमा आधुनिकीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधी तथा संचार विकास, उद्यम तथा सहकारी विकास, मानव संशाधन सामाजिक विकास, पर्यटन प्रवद्र्धन, क्वारेन्टाईन ब्यबस्थापन, बिदेशबाट फर्किएका यूवाहरुका लागि उद्यमशिलता जस्ता कुराहरु कार्यक्रम तथा बजेटले प्राथमिकतामा पर्ने उप–महानगरपालिकाले जनाएको छ ।

कोभिडको माहामारीको संवेदनशिलतालाई ख्याल गरेर सामाजिक दुरी कायम गर्दै नगरसभाको उद्घाटन गरिने र बुधवार बिहान ११ बजे धनगढीको ओम प्यालेसमा पाँचौं नगरसभाको उद्घाटन गरिने बताईएको छ ।