
बैतडीमा ८ दिनदेखि बेपत्ता रहेका युवक मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका –३ खेतडुंगरीका २४ वर्षीय दिनेशबहादुर बोहरा मृत फेला परेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए।

दिनेशलाई स्थानीयले कालोपौड जंगलमा रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। ती युवक गत जेठ ३२ गते घरबाट स्थानीय जंगलमा काठ ल्याउन भनि गएका घरपरिवारले जनाएको छ। उक्त बिषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मृतक युवकका श्रीमती र २ छोराछोरी रहेका छन्।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01