कैलालीमा क्वारेन्टिनबाट घर जाँदै गर्दा ज्यान गुमाएका युवकको शव २४ घण्टापछि सडकबाट उठेको छ । १४ दिन क्वारेन्टिनमा बसेर आईतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ वर्षिय युवकको सोमवार साँझ मृत्यु भएकोमा मंगलबार साँझ शव उठेको हो ।
कोरोना आशंकामा स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा मंगलबार साँझ कोरोना रिर्पोट नेगेटिभ आएपछ शव उठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । उनका अनुसार रिपोर्ट नआउँदा सोमबार साँझदेखि सडकमै शव छोडिएको थियो ।
आइतबार आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो । मृत्यु भएका युवक जेठ २६ गते भारतको हल्द्धानीबाट नेपाल आएका थिए । उनको पिसीआर रिर्पोट पनि नेगेटिभ आएपछि शव सडकबाट उठेको हो ।
अव शवको पोष्र्टमार्टम लगायतका प्रक्रिया पुरा भएपछि आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।