चेल्सी स्ट्रर्लिङ भित्र्याउन सहमत
2022/07/10, 3:54
 
dad

इंग्लिस क्लब चेल्सी इंग्ल्याण्डका विंगर रहिम स्ट्रर्लिङ भित्र्याउन सहमत भएको छ । उसले प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी सामू बोनससहित ५० मिलियन पाण्उड तथा पाँच वर्षको सम्झौताका लागि प्रस्ताव गरेको बताइएको छ । त्यस्तै, उसले सम्झौता थप्न सक्ने विकल्प समेत दिएको छ । 
  
सम्झौता पूरा हुनु अघि स्ट्रर्लिङले मेडिकल टेस्ट भने पूरा गर्नुपर्नेछ ।  उनी र सिटीबीचको सम्झौता अझै एक वर्ष बाँकी छ । सिटीले सन् २०१५ मा स्ट्रर्लिङलाई लिभरपुलबाट ४९ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।  उनले क्लबका लागि  ३३९ खेलमा १३१ गोल गरेका छन् । 

यदि सम्झौता पूरा भएमा टोड बोहलीको नयाँ नेतृत्वको चेल्सीमा भित्रने स्ट्रर्लिङ पहिलो प्रमुख खेलाडी हुनेछन् । यो अपेक्षा गरिएको छ की चेल्सीले अर्को हप्ता अमेरिकामा प्रि–सिजन भ्रमण सुरु गर्नुअघि नै सम्झौता प्रक्रिया समाप्त भइसक्ने । 

बिबीसी स्पोर्टका स्ट्रर्लिङ नयाँ चुनौती चाहन्छन् त्यसैले चेल्सीका प्रशिक्षक थोमस टुचेलको दृष्टिकोण र भुमिकाबाट प्रभावित उनले स्ट्यामफोर्ड ब्रिज रोज्न चाहेका हुन् ।  बार्सिलोना, रियल मड्रिड र बायर्न म्युनिख लगायतका प्रमुख क्लबहरूले पनि स्टर्लिङप्रति चासो देखाएका थिए तर चेल्सीको सार्वजनिक र निजी रूपमा अनुबन्ध गर्ने इच्छाले उनलाई प्रभावित पार्यो । 

सिटी स्टर्लिङ सिटीमै बस्न चाहन्थे तर क्लब तथा प्रशिक्षक पेप गार्डियोला प्रति कुनै गुनासो छैन । उनी यसलाई आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण सम्झौताको रूपमा हेरेका क्लबमा निर्णायक भूमिका खेल्न चाहन्छन् । चेल्सीले पनि स्ट्रर्लिङको आगमले क्लबको आक्रमण अझै बलियो हुने अपेक्षा राखेको छ । उनले इंल्याण्डको लागि ७७ खेलमा १९ गोल गरेका छन् ।