सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ठगे (भिडियो सहित) 
2020/06/24, 8:04
 
korona

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले असार १० गते पिसिआर मेसिन आउने भन्दै ठगेका छन् । आरडिटी परिक्षण भरपर्दो नभएको भन्दै नेपाली काग्रेंस गौरीगंगा समितिले ज्ञापन पत्र वुझाउने क्रममा सामाजिक विकास मन्त्रीले असार १० गतेसम्म पिसिआर मेसिन ल्याउने बताएका थिए । तर अहिलेसम्म पनि मेसिन मेसिन पुगेको छैन् ।

थप तीन वटा प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिदको प्रक्रिया अगाडी वढिरहेको बताएका मन्त्री सुवेदीले भनेको समयमा मेसिन नआउँदा जनतालाई ठगेको भन्दै आक्रोस पनि वढेको छ । सुदूरपश्चिमको मन्त्री परिषद्ले गरेको निर्णय अनुसार तीन वटा प्रयोगशाला स्थापनाका लागि टेण्डर आह्वान भईसकेको प्रदेश आपुर्ति केन्द्रले जनाएको छ ।

मन्त्री सुवेदीले असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए । उनले छोटो अवधि राखेर खरिद प्रक्रिया गर्न खोजिएपनि सार्वजनिक खरिद कार्यालयले अस्वीकार गरेपछि एक महिनाको समय राखेर टेण्डर आह्वान भएको बताएका थिए ।

सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी–पीसीआर मेसिनकै क्षमताका तीन वटा मेसिन खरिदको लागि टेण्डर भएर मुल्यांकनको चरणमा रहेको छ । सामाजिक मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले असार २५ गतेसम्म आपर्तिकर्ताले समयमै दिएमा आईपुग्ने जानकारी दिए ।