राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम प्रदेश ईहिासमै पहिलो पटक तेस्रो
2022/07/16, 2:54
 
dd

१२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०७९ मा सुदूरपश्चिम प्रदेश ईतिहासमै पहिलो पटक तेस्रो भएको छ । काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा सात वटै प्रदेशको सहभागीता रहेकोमा सुदूरपश्चिमले पहिलो पटक तेस्रो स्थान हासिल गरेको हो । 

हालसम्मको सहभागीतामा तेस्रो स्थान पहिलो पटक प्राप्त भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए ।   प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई नगद सहित ट्रफी प्रदान गरिदै आईएको छ । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले केन्द्रीय स्तरीय प्रतियोगितामा भाग लिएका थिए ।

सो प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेश्रो स्थानमा रहँदा सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रो पटक हो । यसअघि सुदूरपश्चिम प्रदेशले विकास क्षेत्रको रुपमा सहभागीता जनाउँदै आएको थियो ।