
कञ्चनपुरमा मोटरसाइकल चालकले साइकलयात्रीलाई ठक्कर दिएर फरार भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-५ मैनाहामा नम्बर नखुलेको मोटरसाइकलले साइकलयात्री सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरीलाई ठक्कर दिएको हो।

शनिबार भुराकोटबाट मैनाहा जाँदै गरेका उनलाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट चौधरी र उनका अन्दाजी ७ वर्षीय छोरा घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चौधरीको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनका छोरालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ। फरार रहेका मोटरसाइकल चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/12, 4:08
2021/05/22, 11:16
2021/12/27, 5:28
2023/01/08, 4:57