सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुषको मृत्यु भएको हो । सेती अस्पताल ल्याएपछि डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएकोमा कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनिएकोले मृत्यु भएका पुरुषका आफन्तले बताए ।
तीन दिनसम्म कोरोना परीक्षण नै नभएपछि उनको मंगलवार राति मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार साँझ भने कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको विरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले जानकारी दिए ।
डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको थियो । भारतबाट आएका व्यक्तीसंग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेको उनले बताए । यता सेती प्रादेशिक अस्पतालका डाक्टर शेरवहादुर कमरले अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरिएको बताए ।