धनगढीका ६५ जनामा कोरोना पुष्टि, कुन वडामा कति ?
2020/06/24, 10:03
 
korona

धनगढी उपमहानगरपालिका क्षेत्रका १९ वटै वडामा कोरोना संक्रमित भेटिएका छन् । चैत १४ गतेदेखि हालसम्म ६५ जनामा कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिको स्वास्थ्य शाखाका अहेब लक्ष्मीराज उपाध्यायले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ देखि १९ वडासम्म संक्रमित भेटिएका छन् । सवैभन्दा वढी संक्रमित वडा नम्बर १२ मा भेटिएका छन् । त्यो वडामा १४ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा ५ महिला र ९ जना पुरुष रहेका छन् । 

वडा नम्बर १ मा दुई महिला र तीन पुरुष गरी ५ जना, वडा नम्बर २ मा तीन महिला र एक पुरुष गरी ४ जना, वडा नम्बर ३ मा तीन जना पुरुष, वडा नम्बर ४ मा एक महिला, वडा नम्बर ५ मा ३ महिला र ३ पुरुष गरी ६ जना र वडा नम्बर ६ मा दुई जना पुरुष संक्रमित भएका छन् । त्यसैगरी वडा नम्बर ७ मा ३ जना पुरुष, वडा नम्बर ८ मा ३ पुरुष, वडा नम्बर ९ मा ३ महिला र ७ पुरुष गरी १० जना, वडा नम्बर १० मा ३ जना पुरुष र वडा नम्बर ११ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको अहेव उपाध्यायले जानकारी दिए । 
धनगढी उपमहानगरपालिको वडा नम्बर १३ मा २ जना पुरुष, वडा नम्बर १४ मा एक महिला र दुई पुरुष गरी ३ जना पुरुष, वडा नम्बर १५ मा एक जना पुरुष, वडा नम्बर १६ मा एक जना पुरुष, वडा नम्बर १७ मा एक जना महिला, वडा नम्बर १८ मा तीन जना पुरुष र वडा नम्बर १९ मा एक महिलामा कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रका नमुनाहरु जाँच गर्न वाँकी रहेकोले संक्रमितको संख्या अझै वढ्ने अनुमान गरिएको छ ।