महेन्द्रनगर इजलासका न्यायाधीश निधिसहित २ जनालाई बर्खास्त गर्न सिफारिस
2022/07/19, 12:02
 
aa

न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार कसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधी र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताए । निधी उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन् ।

निधी राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराव आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए ।न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सदर गरेपछि उनीहरू बर्खास्त हुनेछन्। न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार खराब आचरण देखिएका कारण उनीहरूलाई बर्खास्त गर्न सिफारिस गरिएको हो।यसअघि पनि परिषद्ले ३ न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको थियो। यस्तै अर्का एक न्यायाधीशलाई भने सचेत गराइएको थियो।