कैलालीको गोदावरी नगरपालिकामा ८१ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार ४४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ८१ पुगेको हो । गोदावरी नगरपालिकामा एकै दिन सवैभन्दा वढी एकैदिन संक्रमित भेटिएको पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य साखा प्रमुख बीरबहादुर कुवँरले जानकारी दिए ।
स्वास्थ्य साखा प्रमुख कुवँरका अनुसार संक्रमित मध्ये ४३ जना नगरपालिकाको वडा नम्बर १२ रहेका छन भने एक जना मात्रै वडा नम्बर ११ मा रहेका छन । थपिएका संक्रमित मध्ये ५ महिने शिशु, ३ र ४ बर्षकी बालिका र ४, ८, १० र १० बर्षका बालक रहेका छन । त्यस्तै ३१, २५, २४, ३०, २३, २२ , ६५, २१, २५, २१, ३० र ३९ बर्षीय महिला र ५९, २९, २३, २१, ३०, २७, २८, १८, १९, २८, ३७, ३०, ३४, १८, २४, २२, २४, ३१, २४, ३०, २५, १८, ३०, २३ र ४० बर्षका पुरुष रहेका छन । हालसम्म गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना निको भएर घर फर्किएका छन ।
यसैगरी वडा नम्बर १ मा एक महिला ६ पुरुष गरी ७ जना, वडा नम्बर २ मा एक जना, वडा नम्बर ३ मा ७ महिला र २० पुरुष गरी २७ जना र वडा नम्बर १० मा एक पुरुष एक महिला गरी दुई जनामा कोरोना पुष्टि भएको छ । हालसम्म गोदावरी नगरपालिकाका ५ वडा मा कोरोना संक्रमित देखिएका छन् । ७ वडा वडाहरुमा अहिलेसम्म संक्रमित देखिएका छन् । गोदावरी नगरपालिका वडा नम्बर १२ सवैभन्दा वढी प्रभावित भएको छ भने वडा नम्बर ३ पनि प्रभावित भएको छ । वडा नम्बर १२ मा ४३ जनामा कोरोना पुष्टि हुँदा वडा नम्बर ३ मा २७ जनामा कोरोना पुष्टि भएको छ ।