
कञ्चनपुरमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन्। बुधबार कृष्णपुर नगरपालिका–३ बाट प्रहरीले उनीहरुलाई समातेको हो।

डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र जोसिनाका २९ वर्षीय मोहन सार्की पक्राउ परेका प्रहरीले जानकारी दिए । उनीहरुले धानबारीमा लुकाएको अवस्थामा २ थान चितुवाको आलो छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
उनीहरु दुवैले पहाडबाट ल्याएर उक्त छाला लुकाएको हुनसक्ने प्रहरीले जनाएको छ। अहिले प्रहरीले उनीहरुलाई छालासहित वन कार्यालयको जिम्मा लगाइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/01, 1:09
2024/11/19, 1:12
2021/06/22, 10:21
2022/02/20, 10:10
2020/06/24, 6:46