
कैलालीको गोदावरी नगरपालिकामा वुधवार थप ३२ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा वुधवार थपिएका ५७ जनामध्ये ३२ जना गोदावरी नगरपालिकाका रहेका छन् ।

उनीहरुमध्ये चार महिला र २८ पुरुष रहेका छन् । त्यसमा एक ५ बर्षीया वालिका पनि रहेकी छिन् भने ८ बर्षको वालक पनि रहेका छन् । योसँगै गोदावरी नगरपालिकामा मात्रै संक्रमितको संख्या ११३ पुगेको छ ।
यसअघि मंगलवार मात्रै एकै वडाका ४३ जना सहित ४४ जनामा कोरोना पुष्टि भएको थियो । मंगलवारसम्म नगरपालिकामा ८१ जना संक्रमित रहेका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07