डायलासिस गर्न नपाएर मृत्यु भएका पुरुषको रिर्पोट नेगेटिभ
2020/06/24, 1:50
 
korona

सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा मृत्यु भएका पुरुषको कोरोना रिर्पोट नेगेटिभ आएको छ। अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलासिस गर्न नपाएर मृत्यु भएका बैतडीको मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुषको रिर्पोट नेगेटिभ आएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले मृतक पुरुषको धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको पुष्टि गरे। स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पताल भर्ना गरिएका उनको डायलासिस गराउन चिकित्सकहरुले सुझाव दिएका थिए।

तर कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनेपनि तीन दिनसम्म नमूना समेत संकलन भएको थिएन। उनको मंगलवार राति मृत्यु भएको थियो। मंगलवार साँझ मात्र उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको थियो।

सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने, डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको दावी गरेका छन्। भारतबाट आएका व्यक्तिसंग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेको उनले बताएका छन्। तर सेती प्रादेशिक अस्पतालका डाक्टर शेरवहादुर कमरले भने अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरीएको बताएका छन्।