कैलालीमा बुधवार ५७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या चार सय ६० पुगेको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १० महिला र ४७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका ५७ जनामा ३२ जना गोदावरी नगरपालिका कैलालीका छन् भने २५ जना लम्कीचुहा नगरपालिकाका छन ।
सबैभन्दा बढी प्रदेशको स्थायी राजधानी रहेको गोदावरी नगरपालिकामा ८४ पुरुष र २९ महिला गरी एक सय १३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै लम्की चुहा नगरपालिकामा ८० पुरुष र ११ महिला गरी ९१ जना र प्रदेशको अस्थायी राजधानी धनगढीमा ५८ पुरुष र २३ महिला गरी ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले जानकारी दिए ।
गौरीगंगा नगरपालिकामा ४५ पुरुष र पाँच महिला गरी ५०, घोडाघोडी नगरपालिकामा २९ पुरुष र चार महिला गरी ३३, बर्दगोरीया गाउँपालिकामा १९ पुरुष र ६ महिला गरी २५, टीकापुर नगरपालिकामा २६ पुरुष र एक महिला गरी २७ जना, जानकी गाउँपालिकामा १२ पुरुष र ६ महिला गरी १८ जना, भजनी नगरपालिकामा पाँच पुरुष र दुई महिला गरी सात जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कैलारी गाउँपालिकामा चार पुरुष र एक महिला गरी पाँच जना, चुरे गाउँपालिकामा ६ पुरुष र मोहन्याल गाउँपालिकामा तीन पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको जोशीपुर गाउँपालिकामा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।