बझाङको खप्तड छान्नामा जिपलाइन सञ्चालनमा आउँदै
2022/08/03, 6:42
 
dd

बझाङको खप्तड छान्ना गाउँपालिकामा जिपलाइन सञ्चालनमा आउने भएको छ । खप्तड छान्ना गाउँपालिका वडा ४ घाट खोला देखी पसल बगर सम्म दशैंपछि जिप लाइन सञ्चालनमा ल्याउने सञ्चालक अरुण रोकायाले  बताए ।

सानो छँदा पहाडमा तुहिनदेखि वारपार गर्ने विधिलाई खेलकै माध्यम बनाई विकास गर्नु प्रशंसनीय भएको रोकायाले बताए । हिलपार्क हरियाली र आनन्द प्राप्त हुने शान्त स्थान भएकाले जिपलाइनको माध्यमबाट हरियाली दृश्यहरू देख्न पाइने उनले बताए।

उक्त जिलाइन ५ सय मिटर लामो बन्ने छ। नजिकै खोलानाला र हरियाली  वनजंगलको भाग पर्ने हुँदा यो अझ बढी रोमाञ्चित र साहसिक बन्ने छ जसले गर्दा पर्यटकहरू यस ठाउँमा अत्यधिक मात्रामा आउने सम्भावना रहेको छ।

८० लाख लागतमा बन्न लागेको जिपलाईन केही महिना भित्र सञ्चालनमा आउने जनाएको छ । उक्त खप्तड जिप लाइन रिसोर्ट दर्ता पनि भइसकेको रोकायाले बताए ।