गोदावरी नगर सभा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्धारा  बहिष्कार (भिडियो सहित) 
2020/06/24, 4:01
 
bughet

गोदावरी नगरपालिकाको पाँचौ नगर अधिवेशनलाई काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । भएको नगर अधिवेशनको उद्घाटन सकिन लाग्दा उनीहरु हलबाट बाहिरिएका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित वडा नम्बर २ का वडा सदस्य कमल कडायतले नगरपालिकाको बजेट बाँडफाँड प्रति आफुहरुको असहमति रहेको बताए । नगरपालिकाले वडामा जाने बजेट सिलिङ नबढाएको, नगरपालिकामा डल्लो बजेट राख्ने योजना बनाएको र सिलिङ बनाउँदा आफुहरु सँग सल्लाह नगरेकाले काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिले हरुले बहिष्कार गरेको कडायतको भनाई छ ।

नगरपलिकाका नगर प्रमुखले एकलौटी ढंगले बजेट छुट्याएको काग्रेंसबाट निर्वाचित जनप्रतिनिधिको आरोप रहेको छ ।